Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको कार्ड प्रयोग गर्नेलाई १० प्रतिशत नगद फिर्ता

मंगलबार, ०५ चैत्र २०७५, १० : ५० मा प्रकाशित

बैंक अफ काठमाण्डूको कार्ड प्रयोग गर्नेलाई १० प्रतिशत नगद फिर्ता

अर्थ संसार, काठमाडौं–  बैंक अफ काठमाण्डूले आफ्ना भिसा कार्डहोल्डर ग्राहकहरूलाई १० प्रतिशतसम्मको नगदफिर्ता योजना सार्वजनिक गरेको छ।

बैंकको कार्ड प्रयोग गरे बापत यो नगद फिर्ता पाइने बैंकले जनाएको छ। योजनाअन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सीमा एक हजार रुपैयाँ तोकिएको छ।

बैंकले दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ कायम गरेको छ। यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सीमा ५ हजार रुपैयाँ तोकिएको छ।

बैंकले नगद फिर्ताको योजना नेपालभित्रका सम्पूर्ण पिओएस टर्मिनल तथा ई९कर्मस कारोबारहरूमा लागु हुने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको