Like us!
Follow us!
Connect us!
Watch us!

पुष्पकमल दाहाल प्रचण्डलाई नो इन्भेष्टीगेसन सर्कुलर जारी

विहीबार, ०७ चैत्र २०७५, ०८ : २९ मा प्रकाशित

पुष्पकमल दाहाल प्रचण्डलाई नो इन्भेष्टीगेसन सर्कुलर जारी

अर्थ संसार, काठमाडौँ–पत्नि सीताको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘नो इन्भेष्टीगेसन सर्कुलर जारी गरेको छ ।

अमेरिकामा कार्यरत एक नेपालीले प्रचण्डविरुद्ध उजुरी दिएपछि त्यहाँको सरकारले उनका लागि ‘नो इन्भेष्टीगेसन’ सर्कुलर जारी गरेको हो । यो सँगै अब उनीसँग यात्राका क्रममा सुरक्षाकर्मी र विमानस्थल कर्मचारी कसैले कुनै सोधपुछ र रोकतोक गर्न पाउने छैनन् । नेपाल र अमेरिकामा रहेका ‘एण्टी प्रचण्ड’ समूहले उनलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए ।

तर, अमेरिकी सरकारले उल्टै उनलाई सीमित ‘भिआईपी’ पाहुनाका लागि जारी गरिने ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको हो । अमेरिका जानुअघि प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दुईपटक सम्म भेटेर सुरक्षाबारे चिन्ता नगर्न आश्वस्त तुल्याएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको