नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वले जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामाझ भ्रम फैलाउने काम भइरहेको बताए।
आफ्नो कार्यकालमा विकास निर्माणका कार्यहरूलाई तीव्रताका साथ अघि बढाइएको उल्लेख गर्दै उनले वर्तमान सरकार र पार्टीको कामकारबाही जनहितमै केन्द्रित रहेको जिकिर गरे।
उनले भने, ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ। हामीले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झूटा प्रचारहरू गरिएको हो। हामीविरुद्ध अफवाह फैलाएर हामीलाई बदनाम गरियो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस