Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई सांसद्को प्रश्न : ‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छ’

शुक्रबार, ०८ चैत्र २०७५, १५ : ०८ मा प्रकाशित

सरकारलाई सांसद्को प्रश्न : ‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छ’

अर्थ संसार, काठमाडौँ– राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत्लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्नसमेत माग गर्नुभयो ।

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटौंडालगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गर्नुभयो । सांसद युट्रोल तामाङले विधेयक संशोधन भए पनि त्यसको कार्यान्वयन गर्नाको सट्टा सिंहदरबारका दराजमा लगेर थन्काउने काम भएको छ भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको