Like us!
Follow us!
Connect us!
Watch us!

रञ्जु दर्शना र बिना मगर आमने सामने, मेलम्चीमा अनियमितता भन्दै  अख्तियारमा उजुरी, मन्त्रीको विज्ञप्ति  रञ्जु दर्शनाले मेरो चरित्र हत्या गरिन

विहीबार, १४ चैत्र २०७५, ०९ : ५३ मा प्रकाशित

रञ्जु दर्शना र बिना मगर आमने सामने, मेलम्चीमा अनियमितता भन्दै  अख्तियारमा उजुरी, मन्त्रीको विज्ञप्ति  रञ्जु दर्शनाले मेरो चरित्र हत्या गरिन

अर्थ संसार, काठमाडौँ-विवेकशील दलकी नेतृ रञ्जु दर्शना र नेपाल सरकारको खानेपानी मन्त्री एक अर्का प्रति कडा रुपमा प्रस्तुत भएका छन। 

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गराएका छन।  विवेकशीलको  दर्शनासहितको टोलीले मंगलबार अख्तियार दुरुपयोग आयोगको केन्द्रीय कार्यालय टंगालमा पुगी  अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालाई उजुरी बुझाएको थियो। 

उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी बहालवाला  खानेपानी मन्त्री विना मगर एक विज्ञप्ति जारी गर्दै  विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना माथि नाम नै कितानी  गर्दै आफु माथि चरित्र हत्या गर्न खोजिएको दोष लगाएकी  छिन् ।

विज्ञप्ति मार्फत मन्त्रीले जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु । यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’

यसरी मन्त्रीले आफ्नो दलको कार्यकताको नाम नै काटेर  विज्ञप्ति निकालेपछी    विवेकशील दल कसरी प्रस्तुत होला, रन्जु दर्शनाले के गर्लिन र अख्तियारले के गर्ला भन्ने प्रश्न जनमानसमा परेको छ । 

5c9c4aa6873c1.jpg 5c9c4ab513af7.jpg 5c9c4ac2c0309.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको