Like us!
Follow us!
Connect us!
Watch us!

जयन्त अग्रवाल राउण्डटेबल अध्यक्ष निर्वाचित

शुक्रबार, १५ चैत्र २०७५, १९ : ३२ मा प्रकाशित

जयन्त अग्रवाल राउण्डटेबल अध्यक्ष निर्वाचित

अर्थ संसार, हालै अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बेठकमा राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल  ( 2019 -20 )  को लागि अध्यक्ष निर्वाचित हुनुभएको छ ।

उहाँ हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछिको एसिया प्यासिफिक क्षेत्रको अध्यक्ष का रुपमा पाँचौ निर्वाचित हुनुहुन्छ ।

एसिया प्यासिफिक वार्षिक साधारण सभामा नेपाल सहित १२ देशका १०० टेबलर्सहरुको सहभगिता रहेको थियो ।

एसिया प्यासिफिक क्षेत्रको अन्तराष्ट्रिय राउण्ड टेबल मा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ ,सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड  सहित १० देश सदस्य रहेका छन् । एसिया प्यासिफिक क्षेत्रको हालसम्मको अध्यक्ष श्रीलङ्काका रनिल समाराविक्रमा रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको