तास्कन्द – उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ ।
उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने जनाएको छ । निजी क्षेत्रमा करिब ७ अर्ब २० करोड डलर तथा राज्य सञ्चालित विभिन्न योजनामा करिब १० अर्ब डलर ऋण प्रवाह भएको छ ।
निजी क्षेत्रमा प्रवाह भएको विदेशी ऋणका लागि भने सरकारी प्रत्याभूति दिइएको छैन । बैंकका अनुसार सरकारी क्षेत्रमा आएको ऋणका लागि भने सरकार वा सरकारको प्रत्याभूतिमा ऋण प्राप्त भएको छ ।
निजी क्षेत्रमा आएको ऋण मुख्यतः तेल, ग्यास र ऊर्जा क्षेत्रमा छ, जसमा ५ अर्ब ५० करोड डलर लगानी भएको छ । बैंकिङ क्षेत्रमा ९७ करोड ८२ लाख डलर ऋण लगानी भएको छ । रासस/सिन्ह्वा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस