Like us!
Follow us!
Connect us!
Watch us!

वरिष्ठ उपाध्यक्ष बिनै महासंघ निर्वाचनमा अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, १६ : ४२ मा प्रकाशित

वरिष्ठ उपाध्यक्ष बिनै महासंघ निर्वाचनमा अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । 

यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।

वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् । यस प्यानललाई आगामी कार्यकालका लागि अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा भने यो समूहले आफ्नो उम्मेदावरी घोषणा गरेको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको