Like us!
Follow us!
Connect us!
Watch us!

हावाहुरीबाट भएको जनधनको क्षतिप्रति महासंघ दुःखी

मंगलबार, १९ चैत्र २०७५, १५ : ४५ मा प्रकाशित

हावाहुरीबाट भएको जनधनको क्षतिप्रति महासंघ दुःखी

अर्थ संसार,काठमाडौं – गत आइतबार साँझ बारा र पर्सा जिल्लामा हावाहुरीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

दैवी विपत्ति आइलागेको सो क्षेत्रमा हावाहुरीबाट ठूलो मात्रामा मानवीय क्षति पुग्नुका साथै घरपालुवा चौपाया तथा घर टहरा, भौतिक पूर्वाधारहरु समेत तहसनहस हुन पुगेको भन्दै महासंघले सर्वसाधारणको जीवनयापनमा परेको ठूलो कठिनाईलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी उद्धारका लागि सम्बन्धित निकाय समक्ष महासंघले आग्रह गरेको छ ।

हावाहुरीबाट पीडित क्षेत्रमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुमा समेत क्षति पुग्न गएको सन्दर्भमा महासंघका जिल्ला शाखा, सम्बन्धित पालिका संघ र प्रदेश संघहरुले समेत पिडित परिवार तथा क्षतिग्रस्त भएका उद्योग व्यवसायीको संरचनाको उद्धार तथा पुनः सञ्चालनका लागि हरसम्भव सहयोग गर्न सम्बन्धित सबैलाई महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको