Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय परिषदको बैठक : २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर, ४० हजार मेगावाट बिजुली

बुधबार, २० चैत्र २०७५, १५ : ४८ मा प्रकाशित

राष्ट्रिय परिषदको बैठक : २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर, ४० हजार मेगावाट बिजुली

अर्थ संसार, काठमाडौं– बुधबारदेखि राष्ट्रिय विकास परिषदको बैठक काठमाण्डौको सोल्टी होटलमा सुरु भएको छ । दुई दिन चल्ने बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ ।

आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ ।

बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविद, संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता छ  ।

कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले बैठकलाई सम्बोधन गर्दै समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको बताउनुभयो ।  उपाध्यक्ष डा. कँडेलले भने -‘ १४ औं योजनाले लिएका धेरैजसो सुचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुनेछ । ’

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत र्पुयाउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर र्पुयाउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत र्पुयाउने उल्लेख छ  ।

राष्ट्रिय योजना आयोगले दिर्घकालीन सोच २१०० का प्रमुख परिमाणात्मक लक्ष्यहरु

5ca48afb1c877.jpg 5ca48afb2a6e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको