Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, २४ चैत्र २०७५, ०८ : ३५ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार,  काठमाडौं –फागुन १९ गतेदेखि विक्रीमा आएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको हकप्रद आइतवार अर्थात आजसम्म मात्र विक्रीमा रहनेछ ।

कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद विक्री खुला गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार चैत २४ गतेसम्म मात्र विक्री खुला हुनेछ ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ २३ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सि(आस्बाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण शाखामा आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले यस हकप्रद शेयरलाई औषतभन्दा कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल  ३२ करोड ८९ लाख चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात ६५ करोड ७८ लाख पुग्नेछ । दोस्रो बजारमा बिहीवार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता  ५५० कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको