Like us!
Follow us!
Connect us!
Watch us!

देश विरोधीहरूले एमालेलाई मधेश विरोधी भन्छन्

सोमबार, १० माघ २०७३, ११ : ३९ मा प्रकाशित

देश विरोधीहरूले एमालेलाई मधेश विरोधी भन्छन्

एमालेले तराईमा मेचीकाली अभियान सञ्चालन गर्न लागेको छ, यो कुन आवश्यकताले हो ? 
नेपालको जारि संविधान, संविधानको कार्यान्वयन तीन तहको निर्वाचन एमाले सरकारको पालामा जनताको हीतमा भएका कामहरू अहिलेको सरकारका गैह्र जिम्मेवारी कदमहरू, मधेशी मोर्चाका गैह्र जिम्मेवारी हर्कतहरू, तराईमा विग्रँदो जातीय क्षत्रिय सद्भाव राम्रो बनाउने सन्दर्भमा, एमालेमाथिको गैह्र राजनीतिक दुष्प्रचारहरू चिर्ने लगायत एक मधेश प्रदेशका नाममा, मिलेर बसेको प्रदेश छुट्याउने नाममा मुलुकको अखण्डता समाप्त पार्ने नीहित स्वार्थ पूरा गर्न खोज्नेहरूको भण्डाफोर गर्न र राष्ट्रिय एकता राष्ट्रिय सद्भाव कायम राख्नका लागि यो अभियान सञ्चालन हुन लागेको हो । यो फाल्गुन २१ गते देखि सुरु हुनेछ । 

यो किन मधेशमै केन्द्रित रह्यो त ? 
मधेशमा जनसंख्या बढि छ, एमालेलाई माया गर्ने स्वाभिमानी जनता त्यही धेरै छन् जहाँ एमालेलाई वद्नाम गर्न दुष्प्रचार भै रहेको छ, एमालेलाई कमजोर पनि सकियो भने त्यहाँ आफ्नो अस्तित्व समाप्त हुने थिएन भन्ने उद्देश्य बोकेका आयातित सामन्तहरूको सोच छ । त्यसैले यस्ता षड्यन्त्र र भ्रम चिर्नका लागि, मधेशी जनताको सदियौं देखिको आस्था र भरोसालाई अझ बलियो बनाउनका लागि, जनताका हितमा एमालेले भए गरेका कामहरू र भोलीका योजना पेस गर्नका लागि मधेशी मोर्चाका भ्रम हटाउँदै संविधान कार्यान्वयन र तीन तहको निर्वाचन गराउँनका लागि जनतालाई सचेत गर्न हामीले मधेशबाटै यो अभियान थालेका छौं । जुन अभियान पुर्वको मेची देखि मधेशका सम्पूर्ण जिल्ला हुँदै महाकालिमा पुगे सभा समापन हुनेछ । 

एमाले मधेश विरोधी पार्टी हो भने मोर्चाका नेताहरूले भनिरहेका छन् नि हो ? 
देश विरोधीहरूले एमालेलाई मधेश विरोधी भन्छन् । एमाले हिमाल, पहाड, तराईलाई एक बनाउन चाहान्छ, यी सबै ठाउँमा एमालेको सशक्त उपस्थिति छ । यो सिंगो नेपाल एमाले चाहान्छ । जातीय सद्भाव खलल पार्न एमालेले दिंदैन । संविधान कार्यान्वयन समावेसी तीन तहको निर्वाचन संघीय गणतन्त्र लगायत राष्ट्रिय स्वाभिमानमा तलमाथि गर्न एमालेले दिंदैन । पिछडिएका जाति नजाति महिला दलितलाई अगाडि बढाउन र उनीको अधिकार स्थापित गराउन एमाले जस्तो सुकै कदम उठाउन पछाडि पर्दैन । एमालेले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान जनताको हितमा कोही कसैप्रति सौदाबाजी गर्दैन, झुक्दैन, लड्छ ।

एमालेको आरिस गर्ने जनताको काम सिन्को नभाँच्ने, सीमितका लागि जातीय क्षेत्रीय अधिकार खोज्ने, गलत उद्देश्य बोकेर कसैको निर्देशन पालना गर्न हिड्ने, आफ्नो स्वार्थको लागि मुलुकनै टुक्र्याउन पछाडि नपर्ने, साम्प्रदायीकै सोच राखेर राष्ट्रिय सद्भाव भड्काउने एवं दुई राष्ट्रियताको मान्यता जर्बजस्त बोक्ने कुण्ठित महत्वकांक्षा बोकेकाहरूले आफ्नो स्वार्थ पुरा हुनमा एमालेलाई बाधा अवरोध देखेपछि एमालेमाथि यस्तो दुष्प्रचार गरेका हुन् । यसको कुनै अर्थ छैन । यो स्याल हुँईयाको पछाडि एमाले लाग्दैन । एमाले मधेश र मधेशी जनताको हितमा निरन्तर लागिरहन्छ । कुकुर भुक्दै गर्छ हाति लम्कि रहन्छ ।

एमालेको शक्तिलाई मधेशी जनताले देखि सकेका छन् । एमालेको सरकारले मधेशी जनताको हितमा गरेका राम्रा कामलाई झल्झली सम्झिरहेका छन् । आफ्नै आमालाई लात हान्ने, आफ्नै आमाको हाति चिर्ने विखण्डनकारीलाई जनताले चिनिसकेकाले उनीहरूको गलत प्रचार र षड्यन्त्रले एमालेलाई केही फरक पार्दैन । हामीसँग जनता छन्, जनताको शक्तिलाई विखण्डनकारीले केही गर्न सक्दैनन् । उनीहरू जनताबाट बहिस्कृत हुँदै एका छन, क्षेत्रिय पार्टीहरू कमजोर बन्दै गइरहेका छन् । ती पार्टीमा आफू र श्रीमति मात्र छन्, सभासद र मन्त्री खान च्याँखे थापिराखेका मात्र छन् । उनीहरू चुनावसँग डराई रहेका छन् । त्यसले चुनाव भाँड्न गलत प्रचार गरिरहेका छन् । यसमा हामीलाई कुनै डर छैन । 


मधेशी जनताका समस्याहरू के के छन् तीनको समाधान गर्न कस्ता मुद्दाहरू उठाइरहनु भएको छ ? 
ठूलो शक्तिको अगाडि अरु कम शक्ति भएकाले संरक्षण खोज्छ नै । ठूलो जनसंख्या भएको तर विकासमा पछाडि परेको, कतिपय अवस्थामा विभेद पनि रहेको अवस्थामा त्यहाँ जनताका समस्या देखि विकास निर्माण वा काम पनि पछाडि परेकाले जनताको इच्छा आकांक्षामा ठेस लागेको पटकै हो । त्यस्तो अवस्थामा त्यहाँ समस्या छ, तर ती समस्यालाई ठीक ढङ्गले उठाउन सकियको छैन । त्यसमा हाम्रा पनि कमिकमजोरी होलान तर त्यसको नाममा त्यहाँका सामन्तले त्यसको उठान ठिक ढङ्गले गरेका छैनन बरु भ्रम छरेका छन् । त्यतिमात्र होइन त्यहाँ विजुली, पानि बाटो घाटो, रोजगारी, कृषि उद्योग, बसोबास, भूमिका समस्या थुप्रै छन् ।

नागरिकताको पनि समस्या छ तर जसले पाउनु पर्ने उसले पाएकै छैन पाउनुपर्नेका नाममा सामन्तहरूले एमालेलाई गालि गर्ने मधेश विरोधीहरूले हडपिरहेका छन् । समस्या एमालेलाई देखाई रहेका छन् । त्यसैले आर्थिक रुपमा प्रदेश कमजोर हुनेगरी सिमांकन गर्नु हुँदैन । सामर्थका आधारमा प्रदेशको सिमाङ्कन हुनुपर्छ हाम्रो पार्टीले भनिरहेको छ । हिमालको चीसो हावा, महत्वपूर्ण जडिबुटि तराई पाउनुपर्छ र तराईको धान गहुँ, उखु, साल, खयर अनि पहाडि जडिबुटी हिमालले पाउनुपर्छ भन्ने मान्यता हाम्रो पार्टीले बोकेको छ । राष्ट्रिय एकता हुनुपर्छ । दुई राष्ट्रियता कुनै हालतमा स्वीकार्दैन एमालेले हामीले भनि सकेका छौं । यही एजेण्डा एमालेले बोकेको छ ।

अर्थात् धेरै अन्तर नहुने गरि प्राकृतिक श्रोत सहितको प्रदेश निर्माण गरेर सम्पन्नता तर्फ अगाडि बढ्नुपर्छ । राष्ट्रिय सद्भाव कायम राख्नुपर्छ । जनताले खोजेको विकास र समृद्धि यसैमा छ । यहि हाम्रो मुद्दा हो । सिंगो नेपाल हाम्रो एजेण्डा हो, जनताको समृद्धि हाम्रो एजेण्डा हो । सबै जातजाति भाषभाषि मिलेर, सबैको समान सहभागिताका साथ जनतामा समस्या समाधान गर्ने उद्देश्यमा हाम्रो पार्टी अगाडि बढि रहेको छ । यहि मार्गबाट हामी मुलुक र जनतालाई सम्पन्न गर्छौ । 


सरकारले संसदमा टेबुल गरेको संविधान संशोधन प्रस्तावलाई कसरी लिनु भएको छ ? 
यो दुई राष्ट्रियताको मान्यताको गलत उद्देश्य बोक्ने कसैको निर्देशनमा मुलुक विखण्डनका लागि ल्याइएको प्रस्ताव हो । यो संविधान विरोधी छ । जनता विरोधी छ । यससँग जोडिएका हिन्दी भाषालाई राष्ट्रिय भाषा र सरकारी कामकाजको भाषा बनाउने गरी ल्याइएको भाषा छ , यसले आदिवासी मधेशी जनताको मातृभाषालाई कमजोर पार्ने उद्देश्य बोकेको छ । मुलुकलाई सिक्किमीकरण गर्ने गलत उद्देश्य बाकेको छ, मधेशी जनतालाई अल्पमतमा पारेर कसैको स्वार्थ पूरा गर्ने आसयका एजेण्डा बोकेको विखण्डनकारी प्रस्ताव छ । यसलाई कुनै हालतमा पास हुन दिनु हुँदैन । 

यी सवै समस्याको समाधानको विन्दु के हो त ? 
संविधानको पूर्ण कार्यान्वयन र तीन तहको निर्वाचन नै हो । यसमा सबै दल एक हुनुपर्छ । त्यसका लागि सरकारले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव स्थगन हुनुपर्छ । निर्वाचन ऐन तत्काल संसदबाट पास गरेर निर्वाचन मिति घोषणा गर्नुपर्छ । मोर्चाले कसैको उद्देश्य पूरा गर्ने र मुलुक टुक्र्याउने कुकर्म छोड्नु पर्छ । यहि हो सहमतिको विन्दु ।

तपाईको सरकारको पालाका काम र अहिलेको सरकारको कामलाई कसरी हेर्नु भएको छ ?
मैले गरेका नीतिगत राम्रा कामहरूलाई यो सरकारले भत्काउने काम गरिरहेको छ । नयाँ काम केही गर्नसकेको छैन । सरकारमा त बसेको छन् तर जनताको काम गर्न, विकास निर्माण गर्न, समृद्धि ल्याउन अघिल्लो, सरकारले गरेका जनहितकारी कामलाई अगाडि बढाउन होइन कसैको निर्देशन पालन गर्न मात्र सरकरमा बसेका छन् । यसले गर्दा राम्रा ओझेल परेका छन् । यो सम्झदा दुःख लागिरहेको छ । 

छलफल साप्ताहिबाट

  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको