जेनजी अभियानी माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन र प्रहरी विरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।
अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली र प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयको प्रतिनिधिको रूपमा समन्वय गर्न आएको बताउने ओजस्वी थापा विरुद्ध कारबाहीको माग गरेको छ। थापाले नै त्यसदिन प्रहरीलाई निर्देशन दिएर परिचालन गरेको उजुरीमा आरोप लगाइएको छ।
घटनाले संविधानको धारा १६, १७, २० र २२ बमोजिम मानव अधिकारको उल्लंघन गरेको अलायन्सको ठहर छ। अलायन्सले उजुरीका साथमा सो दिनको भिडिओ फुटेजका साथै कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालको मेडिकल रिपोर्ट समेत प्रमाणका रूपमा बुझाएको छ।
कुटपिटबाट घाइते भएका अन्सारीको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस