Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ

अर्थ संसार

सोमबार, २९ असार २०८३, १६ : २८ मा प्रकाशित

शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्ने प्रयास गर्ने एक वडा सदस्य पक्राउ परेका छन्। असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृत एवं घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोरामाथि मोबिल छ्यापेर फरार भएका ४२ वर्षीय वडा सदस्य उत्तम बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बोहोराले चलाइरहेको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोबिल छर्किएर बुढाथोकी फरार भएका थिए। उक्त घटनालाई लिएर असार २८ गते उनी विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै लुकिछिपी बसिरहेको अवस्थामा उनलाई असार २९ गते घोराही–१५ बाटै पक्राउ गरिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको