नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।
सरकारले गत वैशाख १९ गते अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गरेपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए। सोही रिक्त पदका लागि सञ्चार मन्त्रालयले असार १५ गते बुधबार ८ जना उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण लिएको थियो ।
जसमध्येबाट मन्त्रिपरिषद् बैठकले घिमिरेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
सोमबार सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेलगत्तै घिमिरेले आजै प्राधिकरण पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ। प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशील उनी यसअघि उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा कार्यरत थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस