Like us!
Follow us!
Connect us!
Watch us!

काम नगरेको भन्दै सचिवको कार्यकक्षमा मन्त्रीको ताला

बुधबार, २७ चैत्र २०७५, २१ : २१ मा प्रकाशित

काम नगरेको भन्दै सचिवको कार्यकक्षमा मन्त्रीको ताला

 अर्थ संसार, हेटौँडा- काम नगरेको भन्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिनुभएको छ ।

काम नगरेको भन्दै मन्त्री दुलालले काम नगर्नुको कारण सोधेर लिखित स्पष्टीकरण सोधे पनि सचिव पौडेलले नटेरेपछि र नियमित कामकारवाहीसमेत अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा आफूले तालाबन्दी गरिदिएको सामाजिक विकासमन्त्री दुलालले बताउनुभयो । मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल निर्णय नगर्ने, मन्त्रालयका आफ्नो मातहतका कर्मचारीलाई हप्की दप्की गरी अमर्यादित व्यवहार प्रदर्शन गर्नेलगायत कारणले हैरान भएर यस्तो कदम चालिएको मन्त्री दुलालको भनाइ थियो ।  

उहाँले भन्नुभयो, “सचिव पौडेल आएपछि उहाँको कारणले कुनै पनि काम अगाडि बढेको छैन, कर्मचारीहरुले पनि गुनासो गरेका छन् । सचिवले काम सम्पादन नगरेकाले, अघिल्लो मितिमा कुनै फाइल सदर गर्न नपाऊन् भन्ने उद्देश्यले ताला लगाइएको हो ।” सचिवले फाइलहरु चाङ बनाएर आफूभन्दा अग्लो बनाएको तर निर्णय नगरेको मन्त्रीको गुनासो छ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको