Like us!
Follow us!
Connect us!
Watch us!

भारतको अम्रिता इन्टिच्यूट र नेपालको निजी क्षेत्रका अस्पतावीच सहकार्य

मंगलबार, ११ माघ २०७३, ०९ : ३२ मा प्रकाशित

भारतको अम्रिता इन्टिच्यूट र नेपालको निजी क्षेत्रका अस्पतावीच सहकार्य

अर्थ संसार
काठमाडौं– भारतको केरालास्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँग नेपालका निजी अस्पतालहरुको संगठन एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले आफ्ना सदस्य अस्पतालहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौता गरेको छ ।

सम्झातौ अन्तर्गत भारतीय अस्पतालले एनगोजको सदस्यता पाएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुका लागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ । अमृता १ हजार ३ सय बेड भएको भारतीय अस्पताल हो ।

सम्झौतापछिस्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गरिने छ । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) समेत शुरु गरिने बताइएको छ । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ । साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थीहरुको  आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ ।
सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गरे ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजका मेडिकल निर्देशक डा. नैयरले नेपालका निजी क्षेत्रका अस्पतालहरुको संगठनसँगको सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्ने बताए । नेपाली स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताउँदै टेलिमेडिसिनको माध्यमबाट भारतमा रहेका मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनिहरुका लागि आवश्यक समयमा उपलब्ध हुने उनले जनाकारी दिए । उनले नेपालबाट जाने विशेषगरि कठिन किसिमका केस भएका बिरामीमध्ये प्रत्येक महिना कम्तिमा २० देखि २५ जनासम्मलाई अमृताले सेवा प्रदान गर्ने बताए ।

एनगोसका अध्यक्ष डा. प्रधानले भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको सहकार्यले नेपाली अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्ने बताए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको