Like us!
Follow us!
Connect us!
Watch us!
सेटमा ५ देखि ७० प्रतिशतसम्म छुट दिइने

ललितपुर कम्प्लेक्समा मोवाइल मेला हुँदै

मंगलबार, ११ माघ २०७३, ०९ : ३५ मा प्रकाशित

ललितपुर कम्प्लेक्समा मोवाइल मेला हुँदै

अर्थ संसार
ललितपुर– ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलको मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो गर्ने भएको  छ । मेलामा मोबाइल खरिद गर्दा छुट र उपहार उपलब्ध गराइने बताइएको छ । मेला माघ १४ देखि २२ सम्म हुने छ । त्यस अबसरमा ग्राहकले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज र मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम १ हजारदेखि १ लाख ४० हजारसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध छन् । जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ नाम दिइएको मेलामा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए ३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफवानएस मोडलका स्मार्टफोन विशेष रुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिने बताइएको छ ।

यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षण हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन मेला गर्न लागेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हामीले यो कम्प्लेक्समा ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहक नियमित आउने गर्दछन्,’ उनले भने ।
मेलामा ग्राहकलाई ५ देखि ७० प्रतिशतसम्म छुट उपलब्ध गराईने आयोजकको दावी छ । माइक्रोसफ्ट स्मार्टफोनको हरेक सेट खरिदमा अर्को मोबाइल सित्तैमा उपलब्ध गराइने आयोजकको भनाइ छ ।मोबाइल मेलाको अवधिभर कम्प्लेक्सलमा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा छ ।

ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो । यहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्छन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, ओप्पो, जोप्पो, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको