Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको १५ % प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम मिति कहिले ?

आइतबार, ०८ बैशाख २०७६, ०८ : ५८ मा प्रकाशित

नाडेप लघुवित्तको १५ % प्रतिशत बोनस शेयर  सुरक्षित गर्ने अन्तिम मिति कहिले ?

अर्थ संसार, काठमाडौं नाडेप लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न आइतवारसम्म शेयर कायम गर्नुपर्नेछ । गत असारमा सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीले गतवर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २६ गते वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले
वैशाख ९ गते बुक क्लोज गर्दै छ ।

सर्वसाधारणलाई आईपीओ जारी गरेपछि शतप्रतिशत हकप्रद विक्री गरेको कम्पनीले हकप्रद वितरण गरेपछि कायम रू. ३२ करोड चुक्तापूँजीको आधारमा बोनस शेयर र हकप्रदअघिको चुक्तापूँजी रू. १६ करोडको आधारमा नगद लाभांश दिने निर्णय गरेको हो ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा रहेको नाडेपले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा उल्लेख भएअनुसार सो अवधिसम्म ४६
जिल्लामा ७८ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको