अर्थ संसार, काठमाडौं– शिवम् सिमेण्ट लिमिटेडले सोमबार तेस्रो वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाले गत वर्षको मुनाफाबाट १५ दशमलव ७९ प्रतिशतका दरले ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, लाभांश वाहेक सभामा गत वर्षको वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षक नियुक्ति, सञ्चालक समितिका अध्यक्ष र सञ्चालक सदस्यहरुको तलव , वैठक तथा अन्य सुविधाका सम्वन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिन बुक क्लोज गरेकाले चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई वैशाख २ गते सम्ममा कम्पनीको शेयर रजिष्ट्रारको अभिलेखमा कायम शेयर सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
शिवम् सिमेण्टले उद्योग प्रभावित मकवानपुर जिल्लाका स्थानिय र सर्वसाधारणका लागि आईपीओ जारी गरीसकेको छ । आईपीओ पश्चात् कम्पनीको हाल ४ अर्ब ४० करोड पुगेको छ । दोस्रो बजारमा आइतवार ३११ कारोबार खुला भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस