Like us!
Follow us!
Connect us!
Watch us!

बीआरआईमा ६४ अर्ब डलरको सम्झौता

आइतबार, १५ बैशाख २०७६, ०८ : ५१ मा प्रकाशित

बीआरआईमा ६४ अर्ब डलरको सम्झौता

पेचिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) सम्मेलनमा ६४ अर्ब डलरभन्दा बढीको सम्झौता भएको बताएका छन् । शनिवार सम्मेलनमा बोल्दै सीले सबैलाई समेट्ने किसिमको सन्तुलित विकासका लागि बीआरआईलाई अघि सारिएको बताएका हुन् ।

बीआरआईको माध्यमले एशिया र यूरोपमा उच्च गुणस्तरको विकास हुने सीले उल्लेख गरेका छन् । यो योजनामा अन्य मुलुकले पनि सहयोग गर्ने सीको विश्वास छ । वित्तीय बजारको तथ्यांक प्रदान गर्ने कम्पनी रेफिनिटिभका अनुसार यो योजनाको समग्र मूल्य ३६ खर्ब ७० अर्ब डलर छ । यो योजनाले एशिया, यूरोप, अफ्रिका, ओसनिया र दक्षिण अमेरिकालाई जोड्नेछ । केही मुलुकले भने यसको मूल्यलाई लिएर विरोध गरेका छन् । केही पश्चिमा मुलुकले चीन यसबाट आफ्नो प्रभाव विश्वभर फैलाउने योजनामा रहेको आरोप लगाउँदै आएका छन् । यसबाट साना मुलुकले थेग्न नसक्ने ऋणको भार बोक्नुपर्ने उनीहरूको भनाइ छ ।

सम्मेलनमा चीनले यो आशंका चिर्न ऋणको जोखिमको अवस्था आउन नदिन कार्यपत्र तयार पारिने बताएको छ । बीआरआई अन्तर्गत अधिकांश योजना यसअघि तय गरेअनुसार नै अघि बढिरहेको छ । तर, मलेशिया र माल्दिभ्सजस्ता मुलुकमा भने सरकार परिवर्तनसँगै यसमा केही प्रभाव परेको छ । शुक्रवार चीनका ‘एसेट रेगुलेटर’ले कम्तीमा केन्द्रीय सरकारको स्वामित्व रहेका कम्पनीले यो सम्झौतामा हस्ताक्षर गरेको बताएका थिए । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको