चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा वाणिज्य बैंकहरूले कर्मचारी बोनसका लागि उल्लेख्य रकम छुट्याएका छन्। नेपाल राष्ट्र बैंक द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले स्टाफ बोनस वापत कुल ५ अर्ब ७३ करोड ५० लाख छुटाएका छन्। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकहरूले ५ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका थिए। बैंकअनुसार हेर्दा। नेपाल बैंक ले माघ मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ बोनस प्रोभिजन गरेको छ। जुन गत वर्षको तुलनामा ३०.७७ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकले २१ करोड ६६ लाख रुपैयाँ छुट्याएको थियो।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक ले १४ करोड २० लाख रुपैयाँ छुट्याएको छ। जुन अघिल्लो वर्षभन्दा ५२.४७ प्रतिशतले बढी हो। नबिल बैंक ले ८५ करोड ५१ लाख रुपैयाँ बोनस प्रोभिजन गर्दै ३४.३१ प्रतिशत वृद्धि देखाएको छ। अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३५ करोड १२ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २४ करोड ७६ लाख, हिमालयन बैंकले २१ करोड ८४ लाख, नेपाल एसबीआई बैंकले १९ करोड १६ लाख, एभरेष्ट बैंकले ४१ करोड १० लाख तथा एनआईसी एसिया बैंकले ५ करोड ५४ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन्। माछापुच्छ्रे बैंकले १९ करोड ७६ लाख, कुमारी बैंकले ५५ करोड १८ लाख, लक्ष्मी सनराइज बैंकले ३ करोड ८५ लाख, सिद्धार्थ बैंकले २७ करोड ७८ लाख र कृषि विकास बैंकले ६ करोड ४६ लाख रुपैयाँ छुट्याएका छन्।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ६२ करोड ९९ लाख, सिटिजन्स बैंकले ९ करोड ३१ लाख, प्राइम बैंकले ३८ करोड ५ लाख, एनएमबी बैंकले ३३ करोड ५२ लाख, प्रभु बैंकले २७ करोड ३८ लाख र सानिमा बैंकले २६ करोड ९० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस