Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक : ११.७ अंकले घटेको बजारमा कारोबार रकम कति ?

मंगलबार, १७ बैशाख २०७६, १५ : २२ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक : ११.७ अंकले घटेको बजारमा कारोबार रकम कति ?

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–बैशाख महिनाको सुरु देखि उकालो यात्रामा दौडिएको शेयर बजारमा (आज) मंगलबार ब्रेक लागेको छ ।

बजार ११.७ अंकले घट्दा कुल १७६ वटा कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर खरिबिक्री हुँदा ९५ करोड ८६ हजार ९३६ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.७४ अंकले घटेको छ ।

घटेको बजारमा जलविद्युत ४५.४९ अंक र फाइनान्स १.०३ अंकले बढेपनि बैकिङ ९.८२ अंक, व्यापार ४.८२ अंक, होटल २४.८८ अंक, डेभलपमेन्ट बैंक २.७३ अंक, नीर्जीवन लाईफ इन्स्योरेन्स २०५.३१ अंक, उतपादन ५.३७ अंक, अन्य ६.९ अंक, माइक्रोफाइनान्स १८.०२ अंक र लाइफ इन्स्योरेन्स २०१.८२ अंकले घटेको छ ।

घटेको बजारमा सानिमा हाइड्रोपार  र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले झण्डै आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले आफ्ना आम्दानी ५.८ प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको