Like us!
Follow us!
Connect us!
Watch us!

विश्वका १० ठुला सेक्स पर्यटन हुने गन्तव्य

शुक्रबार, २० बैशाख २०७६, १९ : ०९ मा प्रकाशित

विश्वका १० ठुला सेक्स पर्यटन हुने  गन्तव्य

यौन व्यवसायमा  विश्वका लाखौ जनसंख्या संलग्न छन् । संसारको विभिन्न कुनामा यो व्यवसाय मात्र नभई एक उद्योगको रुपमा स्थापित भैसकेको छ, किनभने यसमा अरबैं  डलरको लेनदेन हुनेगर्दछ ।

हरेक वर्ष करिव ३० लाख विश्वको जनसंख्या सेक्स पर्यटनको यात्रा गर्दछन् । र यो संख्या दिनानुदिन बढ्नेक्रम जारी छ । वेश्यालयलाई संसारको सवै देशले कानूनी मान्यता नदिएतापनि संसारको पुरानो व्यवसाय पेशा ‘ world’s oldest profession’ को रुपमा अभ्यास भैरहेको छ ।

संसारको दश ठूला यौन व्यवसाय हुने गन्तव्य यस प्रकारको छ ।

१०. जर्मनी

अरु युरोपेलि संघमा आवद्ध मुलुक भन्दा फरक रुपमा वैश्यालय, अझै सडक वेश्यालयलाई कानूनीरुपमा मान्यता दिएको छ जर्मनीले । इ.स. १२०० देखि नै विश्व यौन पर्यटन उद्योगको मार्ग चित्र निर्माणमा जर्मनीको ठूलो हात ।

९.मलेसिया

मलेसियाले यौन व्यवसायलाई कानूनी मान्यता त दिएको छैन । तर, यस व्यवसायमा लाग्नेलाई मलेसियन कानूनले दण्डित चाहि गर्दैन । त्यसैले यो व्यवसाय खुलेयाम चलेको छ । पेनाङ्ग, क्वालामपुर जस्ता ठूला शहरहरुमा यस व्यवसायको माग बढीरहेको छ ।

८.डोमिनिकन रिपब्लिक

यौन व्यवसाय संसारको एकदम फस्टाएको व्यवसाय हो, क्यारिविन र डोमिनिकन रिपब्लिक यसका उदाहारण हुन । त्यहाँको सरकारले यसलाई कानूनी मान्यता दिएको छ । तर, आर्थिक कारोबारमा तेस्रो पक्ष संम्लग्न हुन पाउदैन ।

डोमिनिकन रिपब्लिक अमेरिकाको नजिकको मुलुक र एक अमेरिकन सिनेटरको चर्चित काण्ड, जो डोमेकन रिपव्लिकमै भएको थियो, यसले यहाँको यौन पर्यटनलाई बढुवा दिन अझै सहयोग गरेको थियो ।

७. केन्या

केन्या अफ्रिकाको एक स्थिर र सुरक्षित देश हो । केन्या अफ्रिकी महादेशको ठूलो पर्यटकिय व्यवसायी गर्ने मुलुकमा पर्दछ  र यसमा यौन व्यवसायले पनि एउटा स्थान पाएको छ । यौन रोग र एचआइभिको संक्रमण यस क्षेत्रमा धेरै भएतापनि केनियान पर्यटन बोर्डले यस व्यवसायलाई हतोत्साहित गरेको छैन ।  केन्यामा धेरै अमेरिकी र बेलायती अधवैंसे गोरा महिलाको रोजाइमा पर्दछ र उनीहरुलाई केन्याका लोकल पुरुषसँग रोमान्स गर्र्दा खुसी मिल्दछ ।

६. नेदरल्याण्ड

नेदरल्याण्ड, कारण त्यहाँको लोकप्रिय सिनसिटी Amsterdam को कारण, संसारकै ठूलो यौन व्यवसायी शहरको रुपमा स्थापित भएको छ । यौन व्यवसायीलाई कानूनी मान्यता पनि दिइएको छ  र यसलाई नियमन पनि गरिएको छ । Amsterdamको ठूलो र लोकप्रिय जिल्ला हो, De Wallen र यस ठाउँ अन्तर्राष्ट्रिय यौन व्यवसायको लागि प्रसिद्ध छ ।

५. फिलिपिन्स

आश्चर्य लाग्दो कुरो, यौन व्यवसायलाई यस देशले कानून मान्यता दिएको छैन र यसमा संलग्न हुनेलाई ठूलो जरिवानाको व्यवस्था गरिएको छ । तर पनि यस व्यवसाय यस देशमा फस्टाएको छ । महिलाहरु बार गर्लसको रुपमा आउने गर्दछन र उनीहरुलाई एक बार आइडी दिएको हुन्छ । त्यति मात्र नभएर उनीहरुलाई यौन तथा एचआइभि नलागेको ग्यारेन्टी पनि दिने गर्दछन् यहाँका व्यवसायीहरु । फिलिपिन्सको महँगो शिक्षाको कारण त्यहाँका युवतीहरु यस क्षेत्रमा लाग्ने गर्दछन् । अर्काे आश्चर्य  लाग्दो कुरो, फिलिपिन्समा ६० प्रतिशत पर्यटक यौनकै लागि भित्रिने गर्दछन् ।

४. स्पेन

स्पेनको कानूनी जटिलताको कारण यौन व्यवसाय फस्टाएको छ । ९० प्रतिशत यौनकर्मीहरु अवैधानीक आप्रवासी पर्दछन् । जो स्पेनमा मानव तस्करीको रुपमा भित्रिने गर्दछन् ।

३.कोलम्बिया

कोलम्बियन महिलाहरु संसारकै सुन्दर मानिन्छन् र त्यही कारण संसारको यौन राजधानीको रुपमा कोलम्बिया स्थापित भएको छ ।यौन व्यवसायलाई कानूनी मानयता दिएतापनि त्यहाँको सरकारले मानव वेचविखन, यौन हिंसा र बालयौनहिंसालाई रोक्न सक्दो प्रयास गरेको छ ।

२.ब्राजिल

ब्राजिली सरकारले यौनलाई सरल रुपमा लिएको छ । यसको उदाहरण हो, यहाँको सरकारले त्यहाँको यौनकर्मीलाई सित्तैमा अमेरिकी, स्पेनिस र जर्मन भाषाका कक्षाहरु विश्वकप २०१४ को दौरानमा संचालन गरेको थियो । यस यौन व्यवसायको बृद्धिको लागि ब्राजिली सरकारले ‘म एक खुसी वेश्या’ अभियान संचालन गरेको थियो ।

१.थाइल्याण्ड

थाइल्याण्ड यौन व्यवसायको हवको रुपमा संसारमा स्थापित भएको छ । वेश्यालयलाई यहाँ कानूनी मान्यता नदिएतापनि यहाँको सरकारले आंशिक रुपमा यसको नियमन गरेको छ । किन भने यस देशको पर्यटन व्यवसाय यौन पर्यटनमै निर्भर छ । थाइल्याण्डमा भेदनामी युद्धपछि नै यौन उद्योग सुरु भएको थियो र यो रोकिने चरणमा छैन ।

एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको