Like us!
Follow us!
Connect us!
Watch us!

१४३ सवार बिमान चिप्लिएर नदीमा खस्यो

शनिबार, २१ बैशाख २०७६, २० : ५५ मा प्रकाशित

१४३ सवार बिमान चिप्लिएर नदीमा खस्यो

अर्थ संसार, मियामी – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् ।

बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् । केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो ।

यो चार्टर्ड बिमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो । उक्त बिमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो । 

बिमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग बिमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताउनुभयो । उहाँले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताउनुभयो । उहाँले एकछिन त बिमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाउनुभयो ।

उहाँले नदीमा बिमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि बताउनुभयो । 

ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकेत क्याप्टेन मिसेल कोन्नोरले बिमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार नै भएको प्रतिक्रिया दिनुभयो ।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो । अमेरिकी बिमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा ७३७ म्याक्स सिरिजका बिमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ  ।रासस-एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको