Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको चमत्कारिक प्रगति, नौं महिनामा कमायो  १ अर्ब ४५ करोड भन्दा बढी

आइतबार, २२ बैशाख २०७६, १२ : ५४ मा प्रकाशित

प्रभु बैंकको चमत्कारिक प्रगति, नौं महिनामा कमायो  १ अर्ब ४५ करोड भन्दा बढी

अर्थ संसार काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकले चमत्कारिक प्रगति गरेको छ। यो नौं महिनाको अवधिमा बैंक अरबपतिको सूचीमा पुगेको छ ।

बैंकले सार्वजनिक गरेको फाइनान्सियल रिपोर्ट अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा बैंकले १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ५८ दशमलव ३५ प्रतिशतले बढी देखिएको हो।  

नौं महिना अवधिमा यस बैंकको  खुद ब्याज आम्दानीमा पनि ७३ दशमलव ३१ प्रतिशतको वृद्धि भएको देखिएको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५ हजार रुपैयाँ रहेको बैंकले यस वर्ष ३ अर्ब ३७ करोड ८३ लाख ७९ हजार रुपैयाँ कमाएको छ ।

चैत मसान्त सम्म यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार रुपैयाँ राखेको छ । रिटेन्ड् अर्निङ १ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ छ । यस अवधिमा बैंकले १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८६ अर्ब १६ करोड ९४ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 साथै, सञ्चालन नाफा २४.६१५ ले बढाएर २ अर्ब ९ करोड ३० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १ अर्ब ६७ करोड ९६ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यस अवधिमा वितरण योग्य नाफ १ अर्ब १४ करोड ३८ लाख ७ हजार रुपैयाँ रहेको छ ।
 
प्रभुले चैत मसान्त सम्ममा ११ रुपैयाँ ४६ पैसाले प्रतिसेयर आम्दानी बढाएर २३ रुपैयाँ ३४ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दनाी ११ रुपैयाँ ४६ पैसा रहेको थियो । यस अवधिमा बैंकको आधारदर ९.१६५ र खराब कर्जा २.४२५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको