Like us!
Follow us!
Connect us!
Watch us!

फानीको  बितन्डा :भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु

आइतबार, २२ बैशाख २०७६, १९ : ११ मा प्रकाशित

फानीको  बितन्डा :भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु

अर्थ संसार,नयाँदिल्ली- भारत र बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ । 

आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको उडिसाबाट शुक्रबार शुरु भएको यस आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो । तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन् । उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकहरुको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो । 

आँधीका कारण भारतको उडिसामा १२ लाख र बङ्गलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र सो बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको एएफपी समाचार समितिले जानकारी दिएको छ । 

छ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य छ जनाको चट्याङका कारण मृत्यु भएको बङ्गलादेशी विपद व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताउनुभयो । 

बङ्गलादेशी अधिकारीले फानीका कारण घरमा क्षति पुगेको, रुख ढलेका, विद्युत सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाइ सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीले दशौँ हजार मानिसलाई सुरक्षितस्थलमा पु¥याएका छन् ।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बङ्गलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । रासस-एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको