Like us!
Follow us!
Connect us!
Watch us!

फिजी एयरवेजद्वारा बोइङ ७३७–८०० बिमानको उडान स्थगित

सोमबार, २३ बैशाख २०७६, ०९ : १३ मा प्रकाशित

फिजी एयरवेजद्वारा बोइङ ७३७–८०० बिमानको उडान स्थगित

अर्थ संसार,सुभा- दक्षिण प्रशान्त महासागरीय मुलुक फिजीको राष्ट्रिय ध्वजाबाहक फिजी एयरवेजले बोइङ ७३७–८०० बिमानको उडान स्थगित गरेको छ । कम्पनीले गत महिना मियामी एयरबाट उक्त जहाज भाडामा लिएको थियो ।

मियामी एयरले सञ्चालन गरेको यही मोडेलको बिमान अमेरिकाको ज्याक्सनभिल्ले बिमानस्थलमा शुक्रबार राति अवतरण गर्नेक्रममा चिप्लिएर नदीमा झरेपछि फिजी एयरले उक्त निर्णय गरेको जनाएको छ । 

फिजी एयरका एकजना प्रवक्ताले फ्लोरिडाको उक्त घटनाका बारेमा अध्ययन भइरहेको बताएका छन् ।

प्रवक्ताले फ्लोरिडा दुर्घटनाका बारेमा तथ्यहरु बाहिर आएपछि मात्र उडान गर्ने वा नगर्ने निर्णय लिइने पनि बताए । बिमानका यात्रुको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि ती प्रवक्ताले उल्लेख गरे । 

गत अप्रिलमा फिजी एयरवेजले आफ्ना दुई वटा ७३७ म्याक्स ८ सिरिजका जहाजहरु ग्राउन्डेड भएपछि मियामी एयरसँग बिमान भाडामा लिएको थियो । बोइङको ७३७ म्याक्स सिरिजका बिमानहरुमा समस्या आएपछि हाल विश्वभर यस सिरिजका बिमान उडान रोकिएका छन् । रासस/सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको