Like us!
Follow us!
Connect us!
Watch us!

किम जोङ अन मिसाइल परीक्षणमा सहभागी,ट्रम्पले गरे ट्वीट

सोमबार, २३ बैशाख २०७६, ०९ : २१ मा प्रकाशित

किम जोङ अन मिसाइल परीक्षणमा सहभागी,ट्रम्पले गरे ट्वीट

अर्थ संसार,सोल-उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गर्नु भएको छ । उत्तर कोरियाली नेता आफू गरेको वाचा नतोड्ने पनि  ट्रम्पले बताउनु भएको छ । 

 गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल  भएको थियो ।
 
 सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो ।  सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ ।
 

5ccfacd5001b1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको