Like us!
Follow us!
Connect us!
Watch us!

स्टान्डर्ड चार्टर्डको नाफामा ११.६२ प्रतिशतको वृद्धि, जगेडा कोषमा ३ अर्ब ८४ करोड माथि

मंगलबार, २४ बैशाख २०७६, १२ : ३८ मा प्रकाशित

स्टान्डर्ड चार्टर्डको नाफामा ११.६२ प्रतिशतको वृद्धि,  जगेडा कोषमा  ३ अर्ब ८४ करोड माथि

अर्थ संसार, काठमाडौं -  स्टान्डर्ड चार्टर्ड बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय वविवरण सार्वजनिक गरेको छ।  बैंकले यस अवधिमा ११ दशमलव ६२ प्रतिशतले नाफा बढाएर १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा बैंकले ७० अर्ब ८१ करोड ३० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन  गरेको छ। अघिल्लो वर्ष यस बैंकले ६० अर्ब ७१ करोड ५९ लाख ६८ हजार निपेक्ष संकलन गरेको थियो।  

साथै, बैंकले यस अवधिमा सञ्चालन नाफा २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा २ अर्ब २० करोड ९१ लाख ७४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यसपटक बैंकको सञ्चालन नाफामा ११ दशमलव ७९ प्रतिशतको वृद्धि भएको हो। 

त्यस्तै जगेडा कोषको आकार पनि बढाएर ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ८४ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकको नौं महिनाको अवधिमा वितरण योग्य नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी ६.५१ प्रतिशतले बढाएर २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब ३९ करोड ९६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
 
यस बैंकको प्रतिशेयर आम्दानी यस वर्ष बढेर २८ रुपैयाँ ८७ पैसा (बार्षिक) पुगेको छ भने यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा छ ।  गत वर्षको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८६ पैसा रहेको थियो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको