Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको आइपीओ बाँडफाँट : अधिकांश लगानीकर्ताको हात खाली, १० कित्ता पाउने कति ?

अर्थ संसार

विहीबार, २६ बैशाख २०७६, ११ : ०३ मा प्रकाशित

गुराँस लघुवित्तको आइपीओ बाँडफाँट : अधिकांश लगानीकर्ताको हात खाली, १० कित्ता पाउने कति ?

अर्थ संसार, काठमाडौं –गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) बिहीबार बाँडफाँड भएको छ ।

रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।
 
गुराँसको आइपीओमा ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो ।

यो आवेदन माग भन्दा २३.८० गुण बढी हो । कम्पनीले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

ढिलो अवधि जेठ १४ गतेसम्मको मिति रहे पनि मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र नै विक्री बन्द भएको थियो ।

३ करोड रुपैयाँभन्दा कमको सार्वजनिक निष्कासन भएकाले यस आईपीओको क्रेडिट रेटिङ गरिएको छैन । हाल  ५ करोड २५ लाख रहेको कम्पनीको चुक्तापूँजी आईपीओ बाँडफाँट गरेपछि  ७ करोड ७५ लाख पुग्नेछ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले  ६९ लाख ७ हजार नाफा कमाएको छ ।

 

5cd3b9713d0d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको