Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा सिभिले बैंकको शेयर उठाउने मौका, शेयर लिलामीमा

अर्थ संसार

विहीबार, २६ बैशाख २०७६, १३ : १६ मा प्रकाशित

सस्तोमा सिभिले बैंकको शेयर उठाउने मौका, शेयर लिलामीमा

अर्थ संसार, काठमाडौं–   सिभिल बैंक लिमिटेडको संस्थापकतर्फको १७ लाख ५३ हजार ५९४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुल्ला भएको छ ।

कम्पनीले प्रतिशेयर १ सयमा हकप्रद जारी गरेको थियो । कम्पनीका संस्थापक शेयरधनीहरुले हकप्रदमा पूर्ण आवेदन नदिएकाले लिलामीमा आएको हो ।

कम्पनीको लिलामीमा हकप्रद शेयरमा वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म आवेदन दिन सकिन्छ  । अहिले निश्कासन गरेको लिलामी शेयर किन्दा लगानीकर्ताले दोस्रो बजारमाको भन्दा निकै कम मूल्यमा पाउन सक्नुहुनेछ ।

यो समाचार तयार पार्दसम्म दोस्रो बजारमा प्रतिकित्ता १५५ रुपैयाँमा कारोबार भैरहेको थियो ।

कम्पनीले शेयर खरीदको लागि न्यूनतम मूल्य  १ सय तोकेपनि सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।

बोलकबोल गर्ने आवेदकहरुले न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको वैशाख २७ गते साधारण सभा भएकाले कम्पनीको बुक क्लोज भइसकेको छ । कम्पनीले गत आवको लाभांश भने हकप्रदलाई नदिने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको