अर्थ संसार
काठमाडौं–मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एनसेल नेटवर्कभित्र सुलभ दरमा एसएमएस गर्न सक्न कम्पनीले जनाएको छ ।
‘नयाँ एसएमएस प्याक’ शुक्रबारबाट शुरु भई १५ दिनसम्म संचालनमा रहने कम्पनीले विज्ञप्तिमा जनाएको छ । एसएमएस प्याकअन्र्तगत ग्राहकले आफ्नो आवश्यकताअनुसार ५ रुपैयाँमा १५० एसएमएस वा २५ रुपैयाँमा १ हजार एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् । २५ रुपैयाँमा १ हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रतिएसएमएसमा एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना सुचारु गर्न सक्छन् । एसएमएसमार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् । यसका लागि १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् ।
त्यस्तै १ हजार एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यी दुबै प्याक सुचारु भएको दिनदेखि ३० दिनको लागि मान्य रहनेछ ।
‘बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएका हौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘यसले हाम्रा ग्राहकलाई अझ सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।’
ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी आफ्नो बाँकी रहेको एसएमएसको बारेमा जनकारी लिन सक्नेछन् ।
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस