Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफामा बृद्धि, प्रतिशेयर आम्दानी कति ?

आइतबार, २९ बैशाख २०७६, १२ : १९ मा प्रकाशित

बुटवल पावरको नाफामा बृद्धि, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं –बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्ष कम्पनीले ६२ करोड ९२ लाख १४ हजार रुपेयाँ नाफा कमाएको थियो । नाफा गत वर्षको यसै अवधिमा भन्दा १३.९० प्रतिशतले बढी हो ।
 
 बुटवलले विद्युत बिक्रीबाट आम्दानी न्यून मात्रै वृद्धि गरेको छ । यसले गत वर्षको यसै अवधिको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी ०,३६ प्रतिशतले बढाएर ५२ करोड ९७ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले गत वर्ष यसै अवधिमा विद्युत बिक्रीबाट ५२ करोड ७८ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
 
कम्पनीको चुक्ता पुँजी गत वर्षको यसै अवधिमा भन्दा ३४।७९  प्रतिशतले  बढेर २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यता, बुटवलको जगेडा कोष ५,१०  प्रतिशतले घटेर ४ अर्ब ३६ करोड १६ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा जगेडा कोष ४ अर्ब ५९ करोड ६४ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।
 
बुटवलको यस अवधिमा प्रतिसेयर आम्दानी ३० पैसाले घटेर ३० रुपैयाँ ७७ पैसामा आएको छ । चुक्ता पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानीमा सामान्य कमी आएको हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा रहेको थियो । बुटवलको प्रतिसेयर नेटवर्थ यस अवधिमा २७८ रुपैयाँ ७१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको