Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा कारोबार रकम कति ?

आइतबार, २९ बैशाख २०७६, १५ : ५३ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा कारोबार रकम कति ?

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार  सामान्य अंकले बढेको छ ।

३.०७ अंकले बढेको बजारमा कूल १७१ वटा कम्पनीको २६ लाख ७० हजार १४० कित्ता शेयर खरिदविक्री हुँदा ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५१ अंकले बढेको छ ।

कारोबार भएको समूहमा मिश्रित रंङ्गले भरिदा नेप्से इन्डेक्स १२९५.०२ अंक पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा होटल १००.२४ अंक, फाइनान्स ०.४१ अंक, नीर्जीवन लाइफ इनस्योरेन्स ७६.०४ अंक र उत्पादन ९८.७९ अंकले बढेको छ ।

यता, बैकिङ ०.५६ अंक, डेभलपमेन्ट बैंक ७.८५ अंक, जलविद्युत १.२१ अंक, अन्य ०.३१ अंक, माइक्रोफाइनान्स १.६ अंक र लाइफ इन्स्योरेनस १०.०३ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको