अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटमा समस्या देखिएको छ । जसका कारण लगानीकर्ताले सास्त खेप्नु परेको छ ।
शेयर कारोबार भएको २ घण्टासम्म पनि अनलाइनमा देखिएको समस्या समाधान हुन सकेको छैन । यता नेप्सेले ब्रोकरहरुको फाइबर वेबसर्भरमा समस्या देखिएको जनाएको छ । साइटमा समस्या आउँदा लगानीकर्ताले लाइभ ट्रेटिङ डाटा हेर्न पाएका छैनन् ।
मोवाइल, घरबाटै कारोबारको विषयमा जानकारी लिन चाहनेहरुले समस्या भोग्नु परेको छ । नेप्सेले उक्त समस्या समाधानको लागि प्राविधिक टिमले काम गरिरहेको नेप्सेले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस