अर्थसंसार
काठमाडौँ– राजधानीको भृकुटी मण्डपमा जारी क्यान इन्फोटेकमा पुग्नु भयो ? तपाईं इलेक्ट्रोनिक्स सामान किन्न चाहनु हुन्छ भने यो मेला उपयुक्त गन्तब्य हुन सक्छ । मेलामा विभिन्न सामग्री वितरकले छुटका योजना ल्याएका छन् ।
मेलामा विभिन्न ब्रान्डका ल्यापटप छन् । एचपी, लेनेभो, एसर ब्राण्डका ल्यापटपको खरिदमा सित्तैमा ब्याग, वायरलेस माउस, कि कभरलगायतका सामान उपलब्ध गराइरहेका छन् विक्रेताले । ल्यापटपको मोडल हेरेर ५ देखि १० प्रतिशत छुटको व्यवस्था रहेको व्यापारी विनोद चौधारीले जानकारी दिए ।
यस्तै मेलामा एन्टिभाइरसमा ५० प्रतिशत छुट रहेको जानकारी व्यापारी विरज महतले जानकारी दिएका छन् ।यस्तै लिएगोको ८ मोडलका मोबाइल सेटहरुमा ५ प्रतिशत छुटको व्यवस्था छ । मिजु ब्रान्डको एकैपटक ४ वटा काम गर्न मिल्ने एमएस ३ मोवाइल सेटमा २ हजार छुटको व्यवस्था छ । अरु बेला २३ हजार रुपैयाँ पर्ने उक्त सेट मेलामा २१ हजारमा पाइन्छ ।
इन्फोकस ब्रान्डको ७ वटा मोडलका मोवाइल सेटमा ५ देखि १० प्रतिशतको छुट रहेको छ । यस्तै मेलामा स्मार्ट क्यामरामा ५ देखि १० प्रतिशत छुटको व्यवस्था छ ।मेलामा सामसुङले स्मार्ट फोनमा विशेष छुटको व्यवस्था रहेको जनाएको छ । सामसुङ ब्रान्डको नयाँ प्रोडक्टहरुमा ५ देखि १० प्रतिशत छुट दिएको छ । ट्याबमा भने ४० प्रतिशतसम्म छुट दिएको कम्पनीले जनाएको छ ।
मेलामा एकै पटक ८ देखि २२ लिटर पानी शुद्घ पार्ने केन्ट टेक्नोलोजीका विभिन्न इलेक्ट्रोनिक भाँडाहरु १५ देखि २० प्रतिशत छुटमा विक्री गरिरहेको कम्पनीले जनाएको छ ।यस्तै नेपाल टेलिकमले थ्रीजी सिममा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । उता हाइसेन्स टिभीले १५ प्रतिशत छुटमा विभिन्न इन्चका टिभी उपलब्ध गराइरहेको छ ।
कलेज पोशाकमै आएकी बिद्यार्थी शिला खड्काले मेलामा विशेष छुट हुने सुनेर इन्फोटेकमा आएको बताइन् । वर्षको एउटा मोबाइल सेट फेर्ने सुवास थापाले नयाँ मोबाइल सेट अवलोकन गर्न मेलामा आएको बताए । हरेक साल इन्फेटेक मेलामा नयाँ सेट किन्ने गरेको उनले दावी गरे ।
मेलामा दृष्टिबिहीनहरुका लागि सुनेरै मोवाइल र ल्यापटप चलाउन मिल्ने प्रविधिको प्रदर्शन गरिएको छ । उनीहरुले छुट्टै एपको प्रयोग गरेर मोबाइल, ल्यापटपलगायतका डिभाइस चलाउन सिक्न पाउने छन् ।
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस