अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि दुई कम्पनीको शेयर कारोबार शुरु गरेको छ ।
स्टकको अनुसार नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयर कारोबार शुरु गरेको हो ।
स्टकले नेपाल एग्रोलाई शुरुवाती चरणमा न्यूनतम रु १०३ रपैयाँ ४८ पैसादेखि अधिकतम रु ३१० रुपैयाँ ४४ पैसा सम्मको सीमा दिएको छ ।
त्यसैगरी गणपति माइक्रोफाइनान्सको पनि नेप्सेमा कारोबार शुरु भएको छ । गणपतिको शुरुवाती चरणमा ७८रुपैयाँ ९ पैसादेखि अधिकतम २३६ रुपैयाँ ७२ पैसाँ सिमा तोकिएको छ । शुक्रबार दुवै कम्पनीको आइपिओ नेप्सेमा सूचिकृत भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस