अर्थसंसार
काठमाडौँ – क्यान इन्फोटेकमा केके छन् ? राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको मेला घुम्ने योजनामा हुनुहुन्छ भने एक छिन यता ध्यान दिनुहोस् । मेलामा एकैपटक प्रिन्ट, स्क्यान र फोटोकपी गर्न मिल्ने डुप्लेक्स प्रिन्टर राखिएको छ । प्रिन्टरमा ल्यापटप तथा मोबाइलबाटसमेत प्रिन्ट गर्न मिल्छ ।
यस्तै मेलामा लुगा सिउने हाते मेसिनसमेत छ । स्ट्यापलर जस्तो हाते मेसिनमा धागो जडान गरेर च्यातिएका कपडा घरमै सिलाउन सकिने जानकारी व्यापारी बिमला ढकालले दिइन् ।
मेलामा बडी मसाजरसमेत राखिएको छ । इलेक्ट्रोनिक मसाजरले शरिरको जुनसुकै भागमा पनि मसाज गर्न सकिन्छ । गाडीमा हिँड्दासमेत यसको प्रयोग गर्ने सकिने जानकारी व्यापारी सुरेश महर्जनले दिए ।
यस्तै मेलामा सोलार हाइब्रिड कार पनि राखिएको छ । उक्त कार पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ कलेज लामाचौरका इलक्ट्रोमेकानिकलका विद्यार्थीहरूले तयार पारेका हुन् । आठ जना विद्यार्थीले निर्माण गरेको यो कारले चार जनालाई बोक्न सक्छ । एक पटक चार्ज गरेपछि ३ घण्टासम्म गुड्न सक्छ । यो कारलाई सोलारका अतिरिक्त ब्याट्रीबाट पनि चलाउन मिल्ने जानकारी निर्माणमा संलग्न विद्यार्थी पयस सुब्बाले दिए ।
यस्तै मोटोपन घटाउने यन्त्र पनि मेलामा राखिएको छ । ट्विस्टर नामक यन्त्रलाई चलाउन बिजुली चाँहिदैन । यस्तै मेलामा नोट काउन्टिङ मेसिनसमेत राखिएको छ । उक्त मेसिनको सहायताले एकमुष्ट रकम गन्न सकिने जानकारी व्यापारी दिलिप सिलवालले दिए ।
मेलामा दृष्टिबिहीनहरुको लागि नयाँ सफ्टवेयर राखिएको छ । एलएल नेपाल नामक संस्थाले दृष्टिबिहीनका लागि ल्यापटप, स्मार्टफोन चलाउन उक्त सफ्टवेयरले सघाउँछ ।
हरेक स्मार्टफोन र ल्यापटपमा एसएसिबिलिटी नामक फिटर हुन्छ । उनीहरुले गुगलको टेक्स टु स्पिच प्रयोग गरेर उक्त फिचर प्रयोग गर्ने जानकारी बिद्यार्थी रोशन आचार्यले दिए । सुरुमा सिक्दा चलाउन असहज भए पनि विस्तारै बानी पर्ने उनले बताए ।
उनीहरुले यो एपको प्रयोग गरेर फेसबुक, जिमेल, ट्वीटरलगायतका एप्लिकेसन चलाउन सक्छन् । डेजी नामका ऐप्लिकेसनको प्रयोग गरेर किताबसमेत पढ्न सक्ने जानकारी उनले दिए । यसका साथै एबिआइ फाइल रिड नामक सबटवयरको प्रयोग गरेर फाइलहरु स्क्यानसमेत गर्न सक्ने उनले थपे ।
यस्तै मेलामा विभिन्न इएपको बारेमा जानकारी दिने व्यवस्था छ । मेलामा खल्ती नामक पेमेन्ट गेटवे सार्बजनिक गरिएको छ । यो एपको सहायताले मोबाइल रिचार्ज, विभिन्न बिल भुक्तानी र अनलाइन टिकट बुकिङका साथै नेपालको कुनै पनि ठाउँबाट पैसा लेनदेन गर्न सकिन्छ । यो एप गुगोल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सक्ने जानकारी सृजना खतिवडाले दिइन् ।
एप प्रयोग गर्न एनआइबिएल बैंकमा रकम जम्मा गर्नपर्ने उनले बताइन् । यो एप डाउनलोड गरी साइन अप गरेर नाम, मोबाइल नम्बर, इमेल र पासवर्ड लेख्नुपर्छ । मोबाइल नम्बर प्रमाणिकरणको लागि एउटा ओटिपी आउँछ । त्यसलाई टाइप गरी अकाउन्ट सुचारु गर्न सकिने जानकारी उनले दिईन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस