Like us!
Follow us!
Connect us!
Watch us!

सेलेना गोमेजले ६८ वर्षे मुर्रे संग बिहे गर्दै

मिलन खड्का

सोमबार, ०६ जेठ २०७६, १३ : ३५ मा प्रकाशित

सेलेना गोमेजले  ६८ वर्षे मुर्रे संग बिहे गर्दै

अर्थ संसार, काठमाडौं-सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् । गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् ।

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन् । उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए ।

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’

यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन् । एजेन्सी

5ce25eec0e4d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको