Like us!
Follow us!
Connect us!
Watch us!

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए

मिलन खड्का

बुधबार, ०८ जेठ २०७६, ०६ : ३० मा प्रकाशित

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए

अर्थ संसार, सिरिया–गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । 

गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो । 

इडलिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पतालनजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ । 

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हँुदै गएका छन् ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखाँैको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।रासस/एएनआई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको