Like us!
Follow us!
Connect us!
Watch us!

डी पीको शब्द र शंकर थापा ‘स्माइल’को स्वर तथा सगीतमा आयो ‘क्यालकुलेटर’

मिलन खड्का

शनिबार, ११ जेठ २०७६, १२ : १५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् ‘क्यालकुलेटर’बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ । मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन , नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।

गायक गायक शंकर थापा ‘स्माइल’को यस अघि पनि’ सेल्फी हानौला’ ‘फास्ट फास्ट’ ‘ट्युसन पढ़ाउछु ‘ लगायतका धेरै गीतहरु चर्चित छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको