Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

मिलन खड्का

आइतबार, १२ जेठ २०७६, २० : ४५ मा प्रकाशित

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

अर्थ संसार, काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । 

काठमाडौँको दुई स्थानमा आज विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । 

बैठकमा गृह सचिव प्रमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरुले घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिका विवरण, घटनास्थलको अवस्थालगायतका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको