Like us!
Follow us!
Connect us!
Watch us!

७१३ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा

सोमबार, १३ जेठ २०७६, १६ : ३० मा प्रकाशित

७१३ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा

अर्थ संसार, काठमाडौँ–गत फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुका साथै बैंक तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्या चार हजार ७०१ पुगेको छ ।

बिमा व्यवसाय गर्ने कम्पनीको सङ्ख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट यस आवमाको फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक  गर्दै    फागुनसम्ममा कुल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु।६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई नौ खर्ब ४९ अर्ब पुगेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा  आठ खर्ब ८८ अर्ब रहेको  बताउनुभयो

त्यस्तै फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब घाटामा रहेको छ । यस अवधिमा चालु खाता रु।एक खर्ब ९१ अर्बले घाटामा रहेको छ । विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई  पाँच खर्ब ८२ अर्ब पुगेको छ । यस अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३५ दशमलव नौ प्रतिशतले घटेको छ ।

उद्योगमा  ११ अर्ब लगानी प्रतिबद्धता

फागुनसम्म २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान छ । स्वदेशी एवं विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ ।

 कूल जनसङ्ख्याको ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको छ भने कूल विद्युत् उत्पादन एक हजार १४२ मेगावाट रहेको छ । कूल जनसङ्ख्याको करीब १८ प्रतिशत जनसङ्ख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा पुगेको सर्वेइाणमा जनाइएको छ ।

फागुनसम्म १४ हजार १०२ किमी कालोपत्र, सात हजार ८८१ किमी खण्डाश्मित र नौ हजार ४१० किमी कच्ची सडक गरी कूल सडकको लम्बाइ ३१ हजार ३९३ किमी रहेको छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आवभित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ ।

११ लाख ७३ हजार पर्यटकको आगमन

सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको अंश ८२ दशमलव आठ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७ दशमलव दुई प्रतिशत रहेको छ ।

गत फागुनसम्म करीब छ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको छ भने २६२ सरकारी भवन, चार हजार २०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

यस अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्घअन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको