नेपाल कुचो संघले आज आफ्नो चौथो स्थापना दिवस बनाएको छ । संघको केन्द्रीय कार्यालयमा अध्यक्ष राजकुमार कार्की लगायत कार्यसमिति सदस्यहरुको उपस्थितिमा स्थापना दिवस मनाइएको हो ।
संघका अध्यक्ष कार्कीले स्थापना दिवसको दिन केक काटेर स्थापना दिवसको खुसीयाली मनाइएको थियो । उक्त अबसरमा संघको कार्यसमिति बैठले आगामी महाधिवेशनको मिति पनि घोषणा गरेको अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार भदौ २८ गते संघको महाधिवेशन बौद्धको ज्योति बैंक्युटमा गर्ने निर्णय भएको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
नेपालबाट वार्षिक रुपमा अर्ब भन्दा माथिको कुचो निर्यात हुने गरेको छ । नेपाल कुचोमा आत्मनिभर रहेकाले कुचोबाट विदेशी मुद्रा नेपाल भित्र्याउनका लागि समेत सहयोग पुगेको छ । आफ्नै उत्पादन विदेशमा पठाएर आर्थिक लाभ लिन सकिने क्षेत्रमध्ये कुचो पनि एक हो । नेपालमा अहिले अम्रिसोको कुचो भारत लगायत देशमा निर्यात हुने गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस