Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक अझै सम्पर्कमा आएन्, ट्विटर (एक्स) ले पठायो मन्त्रालयलाई मेल

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १५ : ३३ मा प्रकाशित

फेसबुक अझै सम्पर्कमा आएन्, ट्विटर (एक्स) ले पठायो मन्त्रालयलाई मेल

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

उनको अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पनि पठाइसकिएको छ । फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए । अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्न सक्ने ठाकुरको भनाइ छ । 

विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको