Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटलको हितग्राही खातावालालाई अल्का हस्पिटलामा २० प्रतिशत सम्म छुट

मंगलबार, १४ जेठ २०७६, १६ : ५४ मा प्रकाशित

भिबोर क्यापिटलको हितग्राही खातावालालाई अल्का हस्पिटलामा २० प्रतिशत सम्म छुट

अर्थ संसार, काठमाडौं– भिबोर क्यापिटल लिमिटेड र अल्का हस्पिटल प्रा. लि. बीच हितग्राही खातावाला ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार भिबोर क्यापिटलका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

उक्त सम्झौतापत्रमा भिबोर क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिलसीना र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको