अर्थ संसार, काठमाडौं– लगानीकर्ताको माग अनुसारको बजेट आएको भन्दै ५ वटा लगानीकर्ता समूहले अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त रुपमा
धन्यवाद दिएका छन् ।
बुधबार संसदमा अर्थमन्त्री खतिवडाले बजेटमार्फत शेयर बजारको सकारात्मक बुँदाहरु सम्बोधन गरी शेयर बजारको महत्व बुझेर नेपालीको पुँजी बजारलाई अभिभावकत्व र अपनत्वपन देखाउनु भएको भन्दै संयुक्तरुपमा धन्यवाद दिएका हुन् ।
बजेटमा विगत वर्षमा ७.५ प्रतिशत लाभकार लगाई आएकोमा यसलाई ५ प्रतिशतमा झारी अन्तिम लाभकरको रुपमा कायम गर्दै पुँजीबजारलाई प्रोत्साहन गर्नु, गैर आवसियलाई शेयर बजारमा सहज प्रवेशको लागि बाटो खुल्ला गरिनु, वित्तिय सुशासन कायम गर्नको लागि बैंक तथा वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्न, नियमक नियकाहरुको क्षमता बृद्धि गरिनु र सवै भन्दा ठूलो कुरा राज्यको पुँजीबजारलाई हेर्ने दृष्टिकोषणमा सकारात्मक परिवर्तन हुनुले पुँजीबजारले महत्वपूर्ण योगदान पुर्याउने कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस