Like us!
Follow us!
Connect us!
Watch us!

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारबाट एक करोड उपलब्ध गराउने घोषणा

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १३ : १७ मा प्रकाशित

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारबाट एक करोड उपलब्ध गराउने घोषणा

अर्थ संसार, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गरेका छन् । 

कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुगेका उनि फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो । उनको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।

उनको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्दैछन प्रधानमन्त्री ओलीले भने, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आफूले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उनी सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी थिए ।”

स्वच्छ आचरणशील, कर्मठ, क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा उनी रहेको बताउँदै नेकपाका अध्यक्षसमेत रहेका ओलीले उनी देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखकका नेताका रुपमा पनि परिचित रहेको बताए ।

वाइडबडीको काण्ड रवीन्द्र मन्त्री हुनुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ? प्रतिप्रश्न गरे ।” 

रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उहाँ हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।

सो प्रतिष्ठानको शुभारम्भको अवसरमा रवीन्द्र अधिकारीकी माता लक्ष्मी अधिकारी, पिता इन्द्रप्रसाद अधिकारी, प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यका साथै रवीन्द्रका भाइ कमल अधिकारी , बहिनि बिमल अधिकारी , दुई सुपुत्र विराज र स्वराज अधिकारी लगायतका नातेदार, इष्टमित्रका साथै कानून तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, युवा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेकपाका नेताहरु, योगेश भट्टराई, राजन भट्टराईलगायत नेकपा पार्टीका नेता र विभिन्न सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको