Like us!
Follow us!
Connect us!
Watch us!

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

आइतबार, १९ जेठ २०७६, १७ : ०८ मा प्रकाशित

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

बेरुत  – इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् ।

सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ ।

बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु रहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताउनुभएको छ ।

उहाँले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट गर्नुभयो ।


इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको थियो । यी आक्रमणहरु मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकू विरुद्ध केन्द्रित छन् । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको